October 19, 2021, Tuesday
२०७८ कार्तिक २, मंगलवार

विपन्न ७० घर-परिवारलाई भालुबाङमा खाद्यान्न वितरण

दाङ, कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागी देशमा निषेधाज्ञा जारी छ, जसका कारण कुनै मानवीय क्रियाकलाप सौहार्द रुपमा सुचारु हुन सकेको छैन् । दिनमा काम गरेर साँझ छाक टार्ने अति विपन्न परिवारमा चुलो बोल्न छाड्दै गएको छ । कत्तै रोगले भन्दा पनि भोकले ति विपन्न परिवारले अकालमा ज्यान गुमाउनुपर्ने त होइन भन्ने चिन्ता र सर्वत्र उब्जीएको छ ।

दाङका विभिन्न स्थानीय तहमा अति विपन्न परिवारले खाद्यान्नको याचना गर्न थालिसकेका छन् । सरकार यसप्रति संवेदनशिल बन्न नसक्दा भोकले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना हुन थालिसकेको छ ।

यसैबिच विगत लामो समय देखि जापान रहदै आएका प्रदेश ५ को राजधानी स्थित राप्ती गाउँपालिका वार्ड नं. १ निवासी दिल बहादुर बस्नेतले भालुबाङ स्थित पुरानो बजार क्षेत्रका अति विपन्न ७० घर-परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरेका छन् ।

No description available.

“सेवा नै धर्म,बुझ्नुपर्छ गरिबको मर्म” भन्ने सोचका साथ आफनै खर्चमा अति विपन्न परिवारलाई चामल, दाल, तेल, स्वयाविन, साबुन, मास्क र सेनिटाइजर लगायत गरि प्रतिघर रु.२ हजार २ सय मुल्य बराबरको खाधान्न सामाग्री वितरण गरेको कुरा मनकारी बस्नेतले बताउदै आगामी दिनमा पनि निरन्तर गरिब दुखिको सेवामा लागेको बताए ।

भोकका कारण जनताले मृत्युवरण गर्न नपरोस भन्ने उदेश्यका साथ जनता बचाउने अभियानमा सबै आआफ्नो तरिकाले लाग्नु पर्नेसमेत उनले अपिल गर्नु भएको छ । राहत सामाग्री पाएसंगै महिना दिन जति आफनो दैनिकी चल्ने ति अति विपन्न परिवारले बताएका छन् ।

जनताको सारथी बनेको भन्दै प्रशंसा र धन्यवाद मनकारी बस्नेतलाई ज्ञापन गरेका थिए । साथै ति परिवारले थप गुजारा चलाउन सहयोगको याचना गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको