
बिरगन्ज – आज जिल्ला प्रशासन कार्यलय पर्सा का प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्की लाई कोभिड-19 को सन्दर्भ मा ज्ञापन पत्र बुझाइयो छ। जनता समाजवादी पार्टी नेपाल बीरगंज महानगर कार्य समिति को तर्फबाट सो ज्ञापनपत्र बुझाइएको थियो ।
यस महामारीका भुमरीमा नेपालको सरकार र नेपालीजनको पनि ठुलो धनराशि खर्च भएको छ। हालसम्म पनि कोभिडको कारण लकडाउन खुलेको छैन। सरकारले काठमाण्डौँ लाई मात्रै नेपाल अधि राज्य ठानी त्यही जानपर्ने नागरिकलाई विदेशी जना भिसा लगाएको अनुभव हुने गरि जुन अप्ठ्यारो पासको विधि विकास गरेको छ त्यसबाट सर्वसाधारणले निकै दु:ख सहनु परेको छ। त्यसै बिरगंज महानगरले एक घर परिक्षणको नारा दिएर स्थानिय स्तरमा ठुलो धनराशि गरि मेशीन समित किनिसकेको अवस्थामा अहिले सम्म परिक्षा शुरू नगर्दा समुदायमा फैलन लागेको कोरोनाले थप फैलीन मौका पाएको छ। तयारी गर्नु पर्ने काम चाँडै सकेर तत्काल परिक्षण शुरू गर्न बिरगंज महानगर सँग अपिल गरेका छन् ।
सो कार्यक्रममा महानगर अध्यक्ष लियाकत अली , जिल्ला अध्यक्ष राजेश मान सिंह , उपाध्यक्ष मदन यादव , केन्द्रीय सदस्यहरू शशिकपुर मियाँ , सिपु तिवारी नेताहरू मुकेश दुबेदी , सलाउद्दीन मंसुरी , शशी पाण्डे , मुना सोनी, केदार साह, प्रमोद यादव महानगर कोषाध्यक्ष अफरोज आलम, महानगर युवा अध्यक्ष राजु गुप्ता , सोनु कुमार पटेल ,संदीप पटेल लगायतको उपस्थिति रहेको थियो ।





