October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

बजेटको विषयमा प्रतिक्रिया सकारात्मक आएकाले उत्साहित छु: अर्थमन्त्री

काठमाडौं, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सुनाउनका लागि नभई कार्यान्वयनका लागि आएको बताएका छन् । प्रस्तुत भएको आर्थिक वर्ष २०७८ ७९ को बजेटमाथि आएका प्रतिक्रियाको शनिबार जवाफ दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । अर्थमन्त्री पौडेलले भने, ‘बजेटको विषयमा धेरै प्रतिक्रिया सकारात्मक आएका छन्।

यसले मलाई उत्साहित बनाएको छ । कतिपयले कार्यान्वयन हुन नसक्ने भनेर भनेको पनि सुनेको छु। यो विषयमा म प्रष्ट भन्न चाहन्छु बजेट सुनाउनका लागि होइन कार्यान्वयनका लागि ल्याइएको हो ।’ उनले बजेट कार्यान्वयन गरेर देखाउने दाबीसमेत गरेका छन् । विपक्षी दलले अध्यादेशमार्फत बजेट आएको भन्दै विरोध जनाएको भन्दै उनले सरकारले संविधान बमोजिम पूर्णबजेट ल्याएको बताए ।