October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

बाजुरामा पहिरोका कारण बाली पूर्णरुपमा क्षति, २० घर उच्च जोखिममा

बाजुरा, निरन्तर वर्षाका कारण बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा गए राति पहिरो खस्दा पाकेको गहुँबाली बगाएको छ । अविरल वर्षासँगै आएको पहिरो गएपछि गहुँ, जौँ बगाएको हो । स्थानीयका अनुसार वर्षाले वाइकुलो नजिकै पहिरो बगेपछि गहुँ, जौँ बालीमा पूर्णरुपमा क्षति पुर्‍याएको छ । वर्षाले घट्टेखोलाबाट वाइसम्मको सिँचाइ कुलोमा पानीको बहाव बढेपछि कुलोमुनिबाट पहिरो बगेको स्थानीय बताउँछन् । महिनौं दु:ख गरि लगाएको गहुँबाली भित्र्याउन नपाउँदा किसानमा भोकमरीको चिन्ता बढेको छ ।

उक्त स्थानका करिब २० परिवारको गहुँ, जौँ बालीमा क्षति पुर्‍याएको स्थानीयवासीले बताएका छन् । विश्वव्यापी महामारी कोभिड-१९ को चिन्ता छ नै अर्कोतिर झन् अब बाली नै नष्ट पारेपछि भोकमरीको चिन्ताले किसानलाई पिरोलेको छ । भित्र्याउन तयार रहेका किसानको बाली एक्कासि पहिरोले बगाएपछि बाली भित्र्याउने सपना पहिरोले गुमाइदिएको छ ।

अविरल वर्षा नरोकिएमा पहिरो पुनः जाने सम्भावना बढेको छ । स्थानीयवासी मेघराज शाहीका अनुसार २० घर पहिरोको उच्च जोखिममा रहेको छ । गाउँमाथि रहेको खेतबारीमा पाकेको गहुँ, जौँलगायत बाली नष्ट पारिसकेको र अझै वर्षा नरोकिएमा पहिरो आएर घर बगाउने जोखिम रहेको शाहीको भनाइ छ । पहिरोको उच्च जोखिममा रहेका घरपरिवारलाई तत्काल घर खाली गरी सुरक्षित स्थानमा बस्न लगाइएको छ । file photo

शीर्ष समाचार

धेरै पढिएको