October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

उज्वल थापाको स्वास्थ्य अवस्था थप जटिल बन्दै

काठमाडौं, विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको उनको परिवार, साथी र शुभेच्छुकहरूले बताएका छन् । कोरोना संक्रमित थापाको करिब दुई हप्तादेखि ह्याम्स, ग्रान्डी अस्पताल लगायतका अस्पतालमा उपचार गराएको छ भने विगत तीन दिनदेखि नेपाल मेडिसिटी अस्पतालमा उपचार भैरहेको छ ।

आइतबार परिवार, साथी र शुभेच्छुकहरूको तर्फबाट जारी गरिएको विज्ञप्तिमा उपचार भैरहे तापनि अवस्था जटिल हुँदै गएको उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘अहिले अस्पतालमा ईसीएमओ प्रविधिबाट विशेषज्ञहरुबाट, अस्पताल भन्दा बाहिरका विशेषज्ञहरूको राय सल्लाहलाई समेत मध्यनजर गर्दै, उहाँको उपचार भैरहेको भए तापनि उज्वलको अवस्था जटिल हुँदै गएको छ । उहाँको उपचारको क्रममा उपलब्ध सबै विधिहरूको प्रयोग गरेको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी गराउनु भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको