October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

आगामी साउनबाट ४ हजार बृद्घा भत्ता पाउने

काठमाडौँ । जेठ १४ सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता बढाएर मासिक ४ हजार रुपैयाँ पुर्‍याएको छ । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता एक हजार बढाएको बताएका हुन् ।

पाैडेलका अनुसार सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरिएको हो । सामाजिक सुरक्षाका लागि १ खर्ब रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताए । बढेको भत्ता आगामी साउन १ देखि कार्यान्वयनमा आउने छ ।

शीर्ष समाचार

धेरै पढिएको