October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

नेपालमा कोरोना संक्रमणबाट दुई महिनामा ४ हजारको मृत्यु

काठमाडौं, कोरोना संक्रमणबाट नेपालमा करिब दुई महिनाको अवधिमा ४ हजार १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । शुक्रबार थप ९६ जनाको मृत्युसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ४७ जना पुगेको हो ।

चैतको २० भन्दा अघिसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३२ जनाको रहेकोमा दुई महिना नपुग्दै ४ हजार १५ जनाको मृत्यु भएको हो ।

नेपालमा गत वर्षको यही अवधिको तुलनामा नेपामा कोरोनाबाट मृत्यु हुनेको संख्या १.४ प्रतिशत वृद्धि भएको देखिन्छ।

शीर्ष समाचार

धेरै पढिएको