October 19, 2021, Tuesday
२०७८ कार्तिक २, मंगलवार

८१३ पत्रकारमा कोरोना संक्रमण, १६ जनाको मृत्यु


काठमाडौं, हालसम्म ८१३ जना पत्रकार तथा सञ्चारकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपाल पत्रकार महासङ्घका अनुसार कोरोना संक्रमणबाट १६ पत्रकारको मृत्यु भएको छ ।

महासङ्घका अनुसार हाल तीन पत्रकार आइसीयूमा छन् भने तीन जना पत्रकारको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यस्तै महासङ्घले प्रकाशित समाचारको विषयलाई लिएर अन्नपूर्ण पोष्ट दैनिकका सुनसरी संवाददाता रत्नप्रसाद आचार्यलाई विभिन्न सङ्घसङ्गठनले विज्ञप्ति निकालेर धम्क्याएको घटना निन्दनीय र प्रेसविरोधी भएको जनाएको छ । 

महासङ्घ सुनसरी शाखाका अनुसार केही दिनअघि अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित ‘सर्दु जलाधार १८२ बिघा जग्गा फिर्ता’ शीर्षक समाचारलाई लिएर पत्रकार आचार्यलाई अपमानजनक शब्द प्रयोग गरी ती सङ्घसङ्गठनले विज्ञप्ति निकालेर पत्रकारलाई कारवाही गर्ने र सामाजिक बहिष्कार गर्ने भन्दै धम्क्याएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको