October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

बाह्रबिसेमा माङ्गकाली युवा समाजको पहलमा स्वास्थ्य सामाग्री वितरण

सिन्धुपाल्चोक, माङ्गकाली माइ युवा समाज बाह्रबिसेले “आफ्नो गाउँ आफै संरक्षण गरौं “भन्ने उदेश्यका साथ स्वास्थ्य सामाग्री वितरणको अभियान सञ्चालन गरेको छ । उक्त युवा समुहले मंगलबार सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका -२ स्थित कर्थली स्वास्थ्य चौकीमा अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

कोरोना महामारीको विषम परिस्थितिमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीका लागि स्थानीय युवाहरुको पहलमा युवा समाजद्वारा संकलन गरिएको रकमबाट आवश्यक स्वास्थ्य सामाग्री खरिद गरि वितरण गरिएको उक्त समुहका अध्यक्ष विवेक तामाङले जानकारी दिए ।

बाह्रबिसे नगरपालिका-२ का वडा अध्यक्ष बम बहादुर तामाङ, नेपाली कांग्रेसका नगर सभापति रेसम बहादुर तामाङ, क्लबका अध्यक्ष र सदस्यका साथै अन्य समाजसेवीको उपस्थितिमा दस लिटर स्यानिटाइजर, पाँच हजार पिस माक्स, दस लिटर ह्यान्ड वास, दुई सय पिस पन्जा, दुई सय पिस मेडिकल चस्मा, भिटामिन लगायत अन्य औषधिका सामान वितरण गरिएको हो ।

उक्त समुहबाट पहिलो चरणमा स्वास्थ्य समाग्री सहयोग गरिएको र अबको चरणमा आर्थिक स्थिति कमजोर भएका स्थानीयहरुका लागि खाद्यान्न सामाग्रीको लागि पहल भैरहेको अध्यक्ष तामाङले बताए ।

शीर्ष समाचार

धेरै पढिएको