October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

सुदूरपश्चिम प्रदेशका प्रथम प्रदेश प्रमुख मोहनराज मल्लको निधन

काठमाडौं, सुदूरपश्चिम प्रदेशका प्रथम प्रदेश प्रमुख मोहनराज मल्लको उपचारका क्रममा बिहीवार निधन भएको छ ।

मल्लका तत्कालीन स्वकीय सचिव धनसिंह साउदका अनुसार निमोनियाको उपचार गराइरहेका मल्लको काठमाडौँस्थित निदान अस्पतालमा आज बिहान ७ बजे निधन भएको हो ।

झन्डै चार दशकभन्दा बढीको समय कैलालीमा राजनीति गर्दै आएका मल्ल राष्ट्रिय पञ्चायत सदस्य हुँदै नेपाली कांग्रेसका महासमिति सदस्यसमेत भएका थिए । मल्लका एक छोरा र एक छोरी छन् । 

शीर्ष समाचार

धेरै पढिएको