October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

तपाइँको आजको राशिफल: ज्येष्ठ १३ गते, बिहीबार

काठमाडौं, आज मिति २०७८ ज्येष्ठ १३ गते बिहीबार, इस्वीसंवत मे २७ तारिक सन् २०२१ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ बजेर १२ मिनेटमा रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ बजेर ५१ मिनेटमा हुनेछ ।

आजको राशिफल

मेष : समय खराब रहनेछ । मनमा संकुचित विचार बढ्न सक्ने तथा कसैसँग मनमुटाव हुन सक्ने पनि सम्भावना छ, ख्याल पुर्याउनु होला । पारिवारिक भार बढ्न सक्ने एवं अभाव खट्किन सक्ने देखिन्छ । केही असन्तुष्टिको सामना गर्नपर्ने हुनसक्छ ।

वृष : स्वास्थ्य राम्रो रहनेछ । दाम्पत्य एवं भौतिक सुखकर रहनेछ । जीवन साथी वा विपरित लिंगीको सहयोग मिल्ने तथा प्रेमसम्बन्ध बलियो हुनेछ । यात्राकर ग्रहयोग परेकोले देश विदेशको यात्रा हुन सक्ने सम्भावना पनि देखिएको छ ।

मिथुन : समय शुभ रहनेछ । अवसरको सदुपयोग गर्न सकेको खण्डमा अनुकूल एवं सफल रहनेछ । प्रतिस्पर्धामा सफल भइने छ भने स्वकार्यबाट पनि राम्रो उपलब्धि गर्न सकिने छ । जागिर आदि पेशाको क्षेत्रमा पनि स्याबासी तथा प्रशंसा मिल्नेछ ।

कर्कट : समय भरपर्दो रहनेछैन । सोँचविचार नपुर्याई अनावश्यक रुपमा गरिएको घुमफिरले अन्तत: खर्चलाई नै प्रोत्साहन गर्नेछ । सुझबुझ नगरी गरिएको फुर्तिफार्तिले पश्चाताप पार्न सक्ने छ । आयमा मन्दी आउने तथा सञ्चित धन खजानाको खर्च हुने ।

सिंह : समय खराब छ । बोलिचाली एवं जनव्यवहारमा सावधानी अपनाउनु उचित हुनेछ । व्यवसाय तथा कर्मक्षेत्रमा बाधा अड्चन हुनसक्ने छ भने अपेक्षित एवं प्राप्त आश्वासन पूरा हुन कठिन पर्नेछ । स्वास्थ्यमा पनि समस्या देखिन सक्ने देखिन्छ ।

कन्या : समय शुभ छ । मानसम्मान प्राप्त हुने र व्यापार व्यवसाय एवं जागिर आदि पेशाको क्षेत्रमा अनुकूलता सृजना हुनेछ । समाज सेवाका कार्यमा ग्रहले राम्रो बल दिइरहेको देखिन्छ । व्यक्तित्वसँग महत्वपूर्ण उपलब्धि लिन सकिनेछ ।

तुला : समय अत्यन्तै खराब छ । बोलीवचनको अपव्याख्या हुन सक्ने सम्भावनालाई नकार्न सकिन्न, ख्याल गर्नुहोला । धनोन्माद बढ्ने र सन्चित धनको अपव्यय हुन सक्ने सम्भावना पनि देखिएको छ । आज हनुमानदेवको भक्तिभाव गर्नु शुभकर हुनेछ ।

वृश्चिक : समय अत्यन्तै शुभ छ । व्यवहारिक कुशलता बढ्नाले मान्छेहरुको ध्यानाकर्षण गर्न सकिने गोचर परेको छ । मान प्रतिष्ठा बढ्ने र मिठो खानेकुरा प्राप्ति हुन सक्नेछ । व्यवसायबाट धनलाभ एवं भौतिक सुख र आफन्तजनबाट प्रशंसा प्राप्ति हुनेछ ।

धनु : समय खराब छ । मनमा विना कामका चिन्ताले सताउनेछन् । आफु अपमानित हुनुपर्ने ठाउँमा नचाहेर पनि जानुपर्नेछ । आफन्तै व्यक्तिहरूसंग झगडा पर्न सक्नेछ । आज सकेसम्म पश्चिम दिशाको यात्रा नगर्नुहोला ।

मकर : समय अनुकुल रहनेछ । पूण्यार्जन गर्ने अवसर मिल्ने ग्रहगोचर परेको छ । अध्यात्मिक तथा आस्तिक भावना बृद्धि हुने र धार्मिक कार्य सम्पादन गर्न सकिने छ । व्यवसायिक उन्नति पनि हुन गइ आर्थिक लाभ पनि गर्न सकिने छ ।

कुम्भ : समय मध्यमखालको रहनेछ । पराक्रम बढ्ने हुनाले पुरुषार्थकर रहनेछ । शारीरिक जोश जाँगर बढ्ने हुनाले रोकिएर रहेका काम पूरा गर्ने मौका मिल्नेछ । सहयोगीहरु पनि जुट्ने छन् । इष्टमित्र तथा जानपहिचानका व्यक्तिबाट प्रशंसा पाइनेछ ।

मीन : समय खराब रहनेछ । स्वास्थ्य भरपर्दो रहनेवाला छैन । समयमा खान नपाइने अथवा अगतिलो खाना सेवन गर्नुपर्ला । पुराना मित्रले व्यर्थैको विवाद र कुरा काट्नेछन् । आज जताबाट पनि समस्या आइलाग्ने देखिन्छ ।