October 19, 2021, Tuesday
२०७८ कार्तिक २, मंगलवार

पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष र दाङका पूर्वअध्यक्ष सवार गाडी दुर्घटना

दाङ, नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल चढेकाे गाडी बुधवार दाङको तुलसीपुरमा दुर्घटनामा परेको छ ।

दाङ तुलसीपुर उद्योग वाणिज्य सङ्घ जाने सडक चोकमा रा १ च ९५५ नम्बरको जीपले ३–०१० २२ च ९२२६ नम्बरको कारलाई ठक्कर दिँदा केन्द्रीय अध्यक्षसँगै कारमा रहेका नेपाल पत्रकार महासङ्घ दाङका पूर्वअध्यक्ष सुदीप गौतम घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) शिवबहादुर सिंहका अनुसार नेपाल पत्रकार महासङ्घ दाङका पूर्वअध्यक्ष गौतमको टाउकोमा चोट लागेको छ भने हाल उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको

कारमा सवार नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष सन्तोष सुवेदी लगायतको टोली रहेकाे थियो ।

उक्त पत्रकारको टोली नेपाल पत्रकार महासङ्घ दाङका साधारण सदस्य हेमन्त शर्मालाई भेटेर फर्किँदै गर्दा दुर्घटना भएको बताइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको