October 19, 2021, Tuesday
२०७८ कार्तिक २, मंगलवार

रातभर कुरेर गरिबका लागि अक्सिजन भर्ने दुर्गानाथ

बनेपा, बनेपा नालाका स्थायी बासिन्दा समाजसेवी दुर्गानाथ दाहाल सामाजिक काममा निकै सक्रिय छन् । अरूको दु:ख पिडा देख्न नसक्ने उनी मानवीय सेवामा रमाउन खुबै रुचाउँछन् ।

उनी पशु अधिकारकर्मीको रुपमा परिचित छन् । मुलुकमा कोरोनाको दोस्रो लहर चलिरहदा उनको ध्यान अक्सिजनमा केन्द्रीत भयो ।

एक महिनामा उनले एक सय पचास थान भन्दा धेरै अक्सिजन आवश्यक परेको व्यक्तिहरुलाई सहयोग गरेका छन् । स्वास्थ्यचौकी, आइसोलेशन सेन्टर, दीर्घरोगी, अस्पालसम्म उनले अक्सिजन पुर्‍याए ।

नवजीवन परोपकार समाजका संस्थापक अध्यक्ष दाहाल आर्थिक अवस्था कमजोर भएका संक्रमितलाई नि:शुल्क अक्सिजन दिँदै आएका छन् । दुर्गानाथले यसरी विपन्नलाई अक्सिजन दिँदै आएको एक महिना हुन लाग्यो ।

अहिले देशभर अक्सिजन भर्न र सिलिन्डर व्यवस्था मिलाउन हम्मेहम्मे परिरहेको छ । विशेषगरी काठमाडौं उपत्यकामा जनसंख्याको चाप बढी भएकाले र संक्रमित धेरै भएकाले अक्सिजनको चरम अभाव देखिएको छ ।

केही दिन यता अहिले अक्सिजनको अभाव कमहुँदै गएपनि हाहाकार भएको समयमा दुर्गाले आफैले रातभर कुरेर भएपनि गरिबका लागि अक्सिजन भर्छन ।

अहिले विषम परिस्थितिमा नवजीवनका दुर्गानाथ आफू खटेर बिरामीको सेवामा लागि परेको उनी बताउँछन् । “आर्थिक अवस्था कमजोर भएका संक्रमितले अक्सिजनको अभावमा ज्यान गुमाउन नपरोस् भनेर रातदिन खटिरहेको छु” उनले भने ।

शीर्ष समाचार

धेरै पढिएको