October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

चितवनमा एक सैनिक मृत अवस्थामा फेला

सांकेतिक तस्वीर

चितवन, चितवन राष्ट्रिय निकुञ्जमामा एक सैनिक मृत अवस्थामा भेटिएको छ । प्रहरीका अनुसार निकुञ्जमा विशेष गस्तीका लागि आएको रेञ्जर बटालियन पोखराका हवल्दार गगनबहादुर शाही मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी सूर्य थापाका अनुसार उनको शव मंगलबार बिहान राप्ती किनारमा फेला परेको हो । शाही निकुञ्जस्थित सेनाको खड्ग दलमा विशेष अप्रेसनका लागि खटिएका थिए ।

यसबारे निष्पक्ष छानबिन गर्न माग गरेको छ । उनीहरुले प्रहरीमा उजुरी दिएको र अहिले छानबिन भइरहेको डीएसपी थापाले बताए ।

शीर्ष समाचार

धेरै पढिएको