October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

झापामा राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध आन्दोलनको घोषणा

काठमाडौं, प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा उनी र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आन्दोलनको घोषणा भएको छ ।

उक्त जिल्लाका नौ राजनीतिक दलले प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमको बिरुद्धमा आन्दोलन गर्ने घोषणा गरेका हुन् । 

आज एक संयुक्त विज्ञप्ति जारी गर्दै मुलुकलाई जननिर्वाचित प्रतिनिधिसभाबिहीन बनाएर अध्यादेशको भरमा राष्ट्र सञ्चालन गर्ने कार्यले समृद्ध राष्ट्र निर्माण हुन नसक्ने ठहर गर्दै यस्ता कदमको बिरुद्धमा आन्दोलनको घोषणा गरिएको बताइएको छ ।

विज्ञप्तिमा नक्कली राष्ट्रवादको नारा फलाकेर देश र जनतालाई झुक्याउँदै आएका ओलीले एकपछि अर्को लोकतन्त्रविरोधी, राष्ट्रघाती कार्य गर्दै आएको उल्लेख गरिएको छ । 

सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गरि आफुसँग विश्वासको मत लिन सक्ने आधार नभएकाले नयाँ सरकार गठनका लागि संविधान को धारा ७६ को ५ बमोजिम राष्ट्रपतिकोमा आफुले सिफारिस गरेको बताउने ओलीले आधा घण्टाभित्रै आफुसँग सरकार बनाउने बहुमतको आधार रहेको भनी राष्ट्रपतिसमक्ष दाबी पेश गर्नु पाखण्डीपन भएको जनाइएको छ । 

शीर्ष समाचार

धेरै पढिएको