
एका बिहानै मध्य बानेश्वरकि गृहिणी मैया पराजुलीको मोबाइलमा सन्देश आयो प्रिय् अभिभावक हामिले पढाउदै आएको अन लाइन क्लास अर्को सूचना न आउँदा सम्म बन्द गरेका छौ विविध कारणले अब अनलाइन क्लास गराउने छैनौ
प्याप्सन र एन प्याप्सनको आह्वानमा असार शुरु देखि गराउदै आएको मोबाइलमा पढाउने कक्षा अब नहुने जनाइएको छ यस शैक्षिक सत्रमा ११ महिनाको मासिक शुल्क क्रमशः भुक्तानी गर्दै जान अभिभावकहरुलाई आह्वान गरेको थियो । तर त्यसको चौतर्फी विरोध भयो । सरकारले पनि अनलाइन कक्षाका नाममा शुल्क नदिन निर्देशन दियो । तर निजी स्कुलका सञ्चालकहरुले भने आम्दानी शून्य भएका कारणले शिक्षक–कर्मचारीलाई वैशाखदेखि तलब दिन नसकेको तथा घरभाडा, बैंकको किस्ता तथा ब्याज, बिमा, टेलिफोन, बिजुली, इन्टरनेट खर्च धान्न नसक्ने अवस्था आएको बताए ।
यो अबस्थामा मन्त्रालयले ध्यानाकर्षण भएको र समस्या समाधानमा सहयोग गर्ने मौखिक आश्वासन दिएको थियो यसैबीच अभिभावकहरुले नानीहरूलाई जस्तोसुकै दुख गरेर भए नि इन्टरनेटको पहुच सम्म पुर्याएको र कति पय गाउँबाट पढाउन कै लागि चर्को भाडा तिरेर काठमाडौ आएको आउँदा न आउँदा कक्षा बन्द गरेको सूचना आउदा आफुलाइ दुख लागेको भन्दै यथासिग्र सरकारले पहल गरि लाखौ बिध्यार्थिहरुको भबिस्यलाई बिचार पुर्याउनु पर्दछ ।





