
सिन्धुपाल्चोक बार्हबिसे – अमेरिकामा रहेका नेपाली युवाहरुले सिन्धुपाल्चोक बाह्रबिसे जम्मु र खाग्दलकाे बाढीपहिराेमा परेका पिडितहरुलाई सहयाेग प्रधान गरेका छन् । युवाहरुले करिब १ लाख रुपैयाँको सहयोग गरेका छन् खाद्यान्न ,केही लगाउने कपडाका साथै घटना स्थलमै पुगेर आर्थिक सहयोग पनि गरेका छन् ।

उक्त सहयाेग खाग्दलमा बाह्रबिसेका स्थानीय भक्त बहादुर बस्नेतले वितरण बुधबार वितरण गरेका हुन् । र जम्मुमा भने सन्दिप बस्नेतले वितरण गरेका थिए ।र केही रकम सन्दिपले खाक्दलमा चार हजरको दरले गाडी बनाउने मिस्त्री सहित १७ घर परिवारलाई बितरण गरेका हुन् । पिडित परिवार देखि लिएर घाइते केहि र बिमारीहरुलाई पनि युवाहरुले केही सहयोग उपलब्ध गराएका छन् ।

काठमाण्डौमा उपचारतहरुलाई सुजित बस्नेत र राेजीत बस्नेतले वितरण गरेका हुन् अमेरिकामाबाट गर्नेमा विकास खड्का १२५ डलर, भिमसेन श्रेष्ठ १२० डलर, अन्दाज क्षेत्री १०५ डलर ,अनिल भन्डारी १०५ डलर, सोनाम तामाङ ११०डलर, फुर्पा तामाङ १००डलर,अरुण श्रेष्ठ ११० डलर, दिपेन थापा ५्० डलर, सोनाम गुरुङ ५० डलर राम बहादुर लामा ३५,ॠषी राम खड्का ५०,डलर र सोनाम राकपेले ५० डलर, रकम सहयोग गरेका हुन । उक्त रकम संकलन गरि सहयोग वितरण गरिएकाे हाे ।





