
सिन्धुपाल्चोक, भाेटेकाेशी – बुधबार राति परेको अविरल वर्षाका कारण खसेको पहिरोमा परी सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा पहिराेमा परि माथिल्लो भेगमा दुई घर बगेको छ । भने पाँच जना बेपत्ता भएका छन् । राति अन्दाजी १ः३० बजे परेकाे भारी वर्षासँगै पहिरो गई घर पुरेकाे भोटेकोशी गाउँपालिका उपाध्यक्ष दाबुटी शेर्पाले समाचार माध्यम लाई जानकारी दिएका छन् ।
सिन्धुखबरका अनुसार सिन्धुपाल्चोक जिल्ला को भोटेकोशी गाउपालिका वडा नं ४ फुल्पिङमा गयको पहिरोमा परी एकै घरका ५जना बेपत्ता भयका छन् । बेपत्ता हुने हरु:याङ्जी शेर्पा बर्ष १६ ,छिरीङ वागु शेर्पा बर्ष १४,सुम वुट्टी शेर्पा बर्ष ७५ ,साङ्बु शेर्पा बर्ष ३५,सेमङ्ग शेर्पा बर्ष ४० का रहेका छन् ।





