
बाह्रबिसे – सिन्धुपाल्चोक समाज दक्षिण काेरियाले बाह्रबिसे नगरपालिका जम्मुमा गएकाे बाढीपहिराे पिडितलाई पहिलाे चरणकाे सहयाेग असार ३० गते मंगलबार हस्तान्तरण गरेकाे छ । पहिलो चरणमा गरिएको सहयाेग रु १ लाख १३ हजार ८२५ रुपैयाँकाे सहयोग वितरण गरिएको छ जसमध्ये बाटाेखर्च १४ हजार २५०,लत्ताकपडा ४५ हजार १००,नगत आर्थिक सहयाेग वितरण ५४ हजार ५ सय वितरण गरिएको छ ।
सिन्धुपाल्चोक समाज दक्षिण काेरियाका अध्यक्ष नवीन श्रेष्ठका अनुसार अरुपनि थप सहयाेग गर्नकाे लागि सहयोग अभियान शनिबार सम्म सञ्चालन गरिनेछ । कोभिड १९ महामारी सँग लडिरहेको बेला अर्को प्राकृतिक प्रकोप बाढी पहिरोले सिन्धुपाल्चोक लाई दुखि बनाएको छ । सिन्धुपाल्चोकको बाह्रविसे नजिक जम् असार २४ गत साता बुधबार राती अबिरल बर्षा पछि आएको बाढी पहिरोले बस्तीनै बगाएको थियोे ।

उक्त घटनामन धेरै व्यक्ति घाइते भएका थिए । सिंगो गाँउ नै बिस्थापीत भइ पिडा भइरहेको बेला पिडितलाई साथ दिनकै लागि सिन्धुपाल्चोक समाज दक्षिण काेरियाले सहयाेग अभियान सुरुगरेकाे हाे । पिडितहरुलाई थप अरु पनि राहत सहयोगको लागि सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले सहयोग अभियान शनिबार सम्मकाे लागि चलाउने उक्त समाजका अध्यक्ष नवीन श्रेष्ठले जानकारी गराएका छन् ।





