March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज १४ अन्तर्राष्ट्रिय उडान हुँदै

file photo

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज १४ अन्तर्राष्ट्रिय उडान हुँदैछ । मंगलवार नेपाल एयरलाइन्सका ३ चार्टर बिमानले साउदी अरेबिया, दमाम र चिनको बेइजिङका लागी उडान अनुमती लिएका छन् ।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार नेपाल एयरलाइन्सको चार्टर कार्गो बिमान मध्यान्ह बेइजिङबाट काठमाडौं आउँदै छ ।

हिमालय एयरलाइन्सको एक कार्गो बिमान चिनको कुन्मिङबाट बिहान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । हिमालय एयरलाइन्सका अरु ५ चार्टर बिमानले मंगलबार उडान भर्ने अनुमती पाएका छन् भने रसियन एयरलाइन्सको चार्टर विमानले मस्कोबाट काठमाडौं आउने अनुमती पाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको