June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

निषेधाज्ञाको समयमा बढी भाडा लिने ३३ जना प्रक्राउ

काठमाडौं, निषेधाज्ञाको समयमा बढी भाडा लिने ३३ जनालाई प्रहरीले प्रक्राउ गरेको छ । ट्राफिक प्रहरी माहाशाखाका अनुसार माहामारीको समयमा अप्ठ्यारोमा परेका यात्रुसँग बढी भाडा लिनेलाई प्रक्राउ गरिएको हो ।

महाशाखाले निषेधाज्ञा घोषणा पश्चात परिचालन गरेको ठगी बिरुद्धको विशेष अपरेसन टोलीले बिभिन्न स्थानहरुमा यात्रु ठगी गर्नेलाई दैनिक रुपमा पक्राउ गरेको जनाएको छ ।

यस्तै ठगी गर्नेहरु विरुद्धको अपरेसन टोलीले वैदेशिक रोजगारबाट घर फर्किने र जरुरी कामको सिलसिलामा उपत्यका बाहिरी जिल्लाहरु जाने यात्रुसँग छ गुणासम्म बढी भाडा लिने गरेको र त्यस्तो कार्यमा काउण्टरका कर्मचारीहरुको समेत संलग्नता पाएपछि पक्राउ गरेको महाशाखाले जनाएको छ ।

तोकिएको भम्दा बढी भाडा लिएमा प्रहरीको हटलाइन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत महाशाखाले अनुरोध गरेको छ।

पछिल्लो समय काउन्टरका कर्मचारी नै यात्रु ठगी गर्ने कार्यमा संलग्न भएको पाएको उनले बताए । निषेधाज्ञा घोषणा पश्चात गंगबु बसपार्क, कलंकी, कोटेश्वर र गौशाला क्षेत्रबाट ट्राफिक प्रहरीले यात्रु ठग्ने काउण्टरका कर्मचारी र बुकिङ स्टाफलाई पक्राउ गर्दै आएको छ ।

शीर्ष समाचार

धेरै पढिएको