April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

कोरोना विरुद्धको लडाडँमा नेपाललाई सघाउन युरोपेली सङ्घको आग्रह

काठमाडौं, कोभिड–१९ विरुद्धको नेपालको लडाडँमा सघाउन युरोपेली सङ्घका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले युरोपेली आयोगका अध्यक्षसमक्ष आग्रह गरेका छन् ।

बुधबार आयोगका अध्यक्ष उर्सुला भोन डेर लिएनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेपछि भएको संक्षिप्त भेटमा राजदूत राजभण्डारीले कोभिड–१९ का कारण नेपालले झेल्नुपरेको सङ्कटबारे अवगत गराउँदै सहायताका निम्ति आग्रह गरेको ब्रसेल्सस्थित नेपाली राजदूतावासले जनाएको छ ।

खोप, अत्यावश्यक औषधि तथा जीवनदायी औषधि आपूर्तिका लागि उनले गरेको आग्रहको जवाफमा आयोगका अध्यक्षले युरोपेली सङ्घका संयन्त्रमार्फत महामारीविरुद्धको नेपालको लडाइँमा सघाउने आश्वासन दिएको उक्त दूतावासले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको