June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

मुस्ताङमा आजबाट एक साता निषेधाज्ञा

म्याग्दी, हिमालपराीको जिल्ला मुस्ताङमा बिहीवार राति १२ बजेबाट लागू हुने गरी निषेधाज्ञा गरिदैं छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सिफारिसमा जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार जिल्लामा कोरोनाको दोश्रो लहर फैलिएको भन्दै यसको रोकथाम तथा नियन्त्रणका लागि बिहीवार रातिदेखि एक सातासम्मको लागि निषेधाज्ञा जारी गरिएको हो ।

मुस्ताङको थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका भित्र लागू हुने गरी निषेधाज्ञा जारी गरिएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी जगदिश अर्यालले जानकारी दिएका छन् ।

मुस्ताङमा समेत कोरोना माहामारीको भयावह अवस्था भएकाले यसको रोकथाम तथा न्यूनिकरण गर्ने उद्देश्यले निषेधाज्ञाजारी गर्नु परेको उनको भनाइ छ ।

शीर्ष समाचार

धेरै पढिएको