June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

कोरोना संक्रमणबाट क्रियाशील युवा पत्रकार पौडेलको मृत्यु

काठमाडौं, कोरोना संक्रमणबाट पोखरामा क्रियाशील युवा पत्रकार गणेश पौडेलको मृत्यु भएको छ । गण्डकी मेडिकल कलेजमा उपचाररत पौडेलको आज बिहान उपचरका क्रममा मृत्यु भएको हो ।

पोखरा महानगरपालिका –३३, बागमारा निवासी ४० वर्षीय पौडेल यहीँ बैशाख २० गते कोभिड–१९ बाट संक्रमित भएपछि गण्डकी मेडिकल कलेजमा उपचाररत थिए ।

उनी पोखरास्थित गण्डकी टेलिभिजनमा प्रबन्धकको रुपमा कार्यरत थिए भने नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्यसमेत रहेका थिए । पौडेलका दुई छोरा र श्रीमती रहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको