June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

ओमानकोबाट छ सय थान अक्सिजन सिलिण्डर शनिबार नेपाल ल्याइने

काठमाडौं, राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट छ सय थान अक्सिजन सिलिण्डर ल्याउने भएको छ ।

गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानका सहकार्यमा सहयोगस्वरुप प्राप्त हुने अक्सिजन सिलिण्डर लिन निगमको वाइड बडी ए ३३० जहाज आगामी शनिबार मस्कट जाने तयारीमा रहेको जनाइएको छ ।

निगमका महाबवन्धक डिमप्रकाश पौडेलका अनुसार शनिबार मस्कटबाट अक्सिजन सिलिण्डर ल्याइने र सोही दिन साँझ चीनको बेइजिङमा सङ्कलित करीब ४०० थान अक्सिजन कन्सन्ट्रेटर ४०० थान सिलिण्डर र अन्य स्वास्थ्य सामग्री ल्याउने तयारी गरिएको छ ।

सिलिण्डरका अलावा चीनबाटै आठ अक्सिजन जेनेरेटर पनि ल्याउने तयारी भइरहेको उनले बताए । सो प्रयोजनका निम्ति निगमको जहाज बेइजिङ पठाइनेछ ।

शीर्ष समाचार

धेरै पढिएको