June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

अब कोरोना सङ्क्रमितको शव परिवारले व्यवस्थापन गर्न पाउने

काठमाडौं, कोरोना भाइरस सङ्क्रमित भई मृत्यु भएकाको शव व्यवस्थापन गर्न परिवारलाई अधिकार दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक बुधबार विज्ञप्ती जारी गर्दै २५ जनाभन्दा बढी मलामी नहुने गरी मृतकको परिवारले धर्म परम्परा र संस्कृति अनुसार अन्तेष्टि गर्न पाइने व्यवस्था गरेको हो ।

मन्त्रालय अन्तरगत गठन गरिएको स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका प्रमुख डा. समिर कुमार अधिकारीका अनुसार शव व्यवस्थापन गर्न नपाएको भन्ने गुनासोपछि यस्तो व्यवस्था गरिएको हो ।

हाल नयाँ भेरिएन्टसहितको कोभिड– १९ महामारीको दोस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश २०७८ को २१ (छ) अनुसार इच्छुक मृतकका परिवारलाई शवको अन्तेष्टि गर्ने व्यवस्था मिलाइएको अधिकारीले बताए । हाल शवको व्यवस्थापन नेपाली सेनाले गर्दै आएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको