June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः गुरुङ नियुक्त, आजै सपथ लिँदै

कास्की, गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् । विपक्षी दलको दाबी नपुगेको भन्दै गुरुङलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

संविधानको धारा १६८ (३) अनुसार ठूलो दलको हैसियतले गुरूङ मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

गुरूङ अहिले कोरोना संक्रमित छन् । यस्तै गुरुङले बुधबारै सपथ लिने तयारी भएको छ । उनी अहिले प्रदेश प्रमुखको निवास पुगिसकेका छन् । प्रदेश प्रमुख कार्यालयले ३१ जनाको हस्ताक्षर नपुगेको र चारै दलको आधिकारीक पत्र पनि नआएको भन्दै गुरुङलाई नै मुख्यमन्त्रीमा नियुक्त गरेको हो ।

शीर्ष समाचार

धेरै पढिएको