June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

बङ्गलादेशबाट ‘रेम्डेसिभिर’ ३२ हजार डोज नेपाल आइपुग्यो

काठमाडौं, कोरोना सङ्क्रमणको उपचारका लागि प्रयोग हुने औषधि ‘रेम्डेसिभिर’ बुधबार बङ्गलादेशबाट थप ३२ हजार डोज नेपाल आइपुगेको छ ।

औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीका अनुसार मंगलबार बेलुका थप ३२ हजार डोज औषधि नेपाल आइपुगेको हो ।

यसैगरी स्वास्थ्य मन्त्रालयले रिम्डेसिभिर चिकित्सकले ताेकेकाे आधारमा सम्बिन्धत वितरकबाट सिधै खरिद गर्न प्रतिडाेज चारहजार नाैसय रुपैयाँ मात्र तिर्न सूचना मार्फत आग्रह गरेकाे छ ।

विश्वव्यापी महामारी कोरोना संक्रमणको दोस्रो लहर नेपालमा तिव्र गतिले फैलिएसँगै पछिल्लो समय संक्रमितको सङ्ख्या बढ्दै गएपछि ‘रेम्डेसिभिर’ औषधिको माग पनि बढ्दै गएको र सो माग अनुसार विभागले बंगलादेशबाट एक लाख २५ हजार औषधि ल्याउन अनुमति दिएको सूचना अधिकारी केसीले बताएका छन् ।

एक लाख २५ हजारमध्ये अहिलेसम्म पटक–पटक गरी २२ हजार, सात हजार र ३२ हजार डोज औषधि नेपाल आइपुगेर र बाँकी आउने क्रममा रहेको उनले बताए ।

शीर्ष समाचार

धेरै पढिएको