June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

अक्सिजन अभाव भए यी नम्बरमा सम्पर्क गर्नुहोस् 

काठमाडौं, सरकारले अक्सिजन अभाव भएमा खबर गर्न आग्रह गरेको छ । देशव्यापी रुपमा कोरोना संक्रमणको दर तिव्र गतिले बढ्दै जाँदा अक्सिजन अभाव सुरु भएसँगै सरकारले अक्सिजन नपाएकाहरुका लागि ११५४ र ११४० मा फोन गर्न गर्न भनेको हो ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीका अनुसार यो नम्बरमा फोन गरेर नाम टिपाएमा कतै न कतैबाट अक्सिजनको व्यवस्थापन गर्न सहयोग गरिनेछ ।

अक्सिजन अभावमा नेपालमा पनि केही अस्पतालमा संक्रमितले ज्यान गुमाउनु परेको छ । अहिले देशभर काठमाण्डौमा ८ सहित २० वटा अक्सिजन प्लान्ट सञ्चालनमा रहेका छन् ।

अक्सिजन सिलिण्डर पर्याप्त मात्रामा उपलब्ध भए माग धान्न कुनै समस्या नरहेको अक्सिजन उत्पादक उद्योगीहरुले बताउँदै आएको छ ।


बिरामीलाई अक्सिजन पुर्‍याउन युवाहरु पनि स्वस्फूर्त रुपमा सक्रिय भएका छन् । हाम्रो टिम नेपाल र हाम्रो सानो प्रयास परिवारले अहिले अक्सिजनको सिलिण्डर पुर्‍याउन सहयोग गरिरहेको बताएका छन् । अक्सिजन आवश्यक परे ९८५११०२६५२, ९८५११०२६५३, ९८५११६६४३७, ९८५११०२६५४,९८४१६६९१७० र ९८५१०५४२८० नम्बरमा फोन गर्न आग्रह गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको