June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

नेपाल मेडिकल कलेजमा अक्सिजन अभाव : ५ जनाकाे मृत्यु

फाइल तस्बिर

काठमाडौं , नेपाल मेडिकल कलेजमा अक्सिजन आपूर्ति गर्दै आएकाे सोपान सप्लार्यसले आफ्नो अक्सिजन प्लान्ट विग्रिएकाले हिजाेबाट अक्सिजन दिन नसक्ने जानकारी अस्पताल प्रशासनलाई दिएकाे छ । अस्पतालमा उपचाररत विरामी उपचार नपाइ मर्ने अवस्थामा पुग्ने भएका छन। अस्पतालमा हाल भैरहेको अक्सिजनले कोरोना संक्रमित भएर भर्ना भै उपचार गराइ रहेका  विरामीहरूको लागि मंगलबार  साँझ ५-६ बजे सम्मलाई मात्र पुग्ने बुझिएको छ । सो विषयलाई लिएर  अस्पताल प्रशासन आन्तरिक छलफलमा  जुटेकाे छ।

नेपाल मेडिकल कलेजमा मंगलबार  राती ०२:३० बजे गो. न. पा वडा न.०८ अत्तरखेल बस्ने वर्ष ४४ को छिरिङ शेर्पा,०१:००बजे राती गौरीघाट बस्ने वर्ष ६५ को उत्तम मानन्धर काे मृत्यु भएकाे छ।विहान ८:०० बजे देखि १०:०० बजे सम्ममा ३ जना अन्य कोरोना संक्रमितको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा का.म.न.पा. ७ बस्ने वर्ष ८७ को विष्णु प्रसाद गुरागाई, गो. न. पा.७ बस्ने वर्ष ४५ को ग्याल्जेन शेर्पा, कागेश्वरी न.पा.६ बस्ने चन्द्र बहादुर कटवाल छन।  पछिल्लाे ३ वटा मृतकको शव हाल सम्म नेपाल मेडिकल कलेजमै रहेको  छ ।
अब पनि घर बाहिर हिडने हाे कि? सुरक्षित रहने हाे भन्ने विषयमा सर्वसाधारणले ध्यान पुराउनु पर्ने देखिन्छ ।

शीर्ष समाचार

धेरै पढिएको