June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त

काठमाडौं, पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त भएका छन् । काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत शाह कोरोना संक्रमणमुक्त भएका हुन् । 

दुई दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ आएको अस्पतालले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तै पूर्व अधिराजकुमारी प्रेरणा शाहको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आइसकेको छ । उनको अवस्था अहिले सामान्य छ । पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा पनि लगातार सुधार भइरहेको अस्पतालले जनाएको छ । 

शीर्ष समाचार

धेरै पढिएको