June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

काठमाडौंमा जारी निषेधाज्ञा जेठ १३ गतेसम्म लम्बियो

काठमाडौं, काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १५ दिन लम्बिएको छ । मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा १५ दिन थप्‍ने निर्णय गरेको हो । 

यसअघि उपत्यकामा लगाइएको निषेधाज्ञा यहीँ वैशाख २९ गते सकिने भएकाले उक्त अवधि थपेको हो भने निषेधाज्ञा अवधिभर अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने छन् ।

कोरोना संक्रमणको दोस्रो लहर तिव्र गतिमा बढ्दै गएपछि काठमाडौं उपत्यकामा पहिलो चरणमा वैशाख १६ गतेदेखि २२ गतेसम्‍म निषेधाज्ञा लागू भएको थियो । त्यसपछि २२ गतेदेखि वैशाख २९ गतेसम्‍म दोस्रो पटक म्याद थप गरिएको थियो । दोस्रो पटकको म्याद भोलि सकिदैछ।

शीर्ष समाचार

धेरै पढिएको