June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

त्रिभुवन विमानस्थलबाट आज ६ वटा उडान हुँदै


काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज ६ वटा उडान हुँदैछन् । मेडिकल सामग्री लिन चीनको कुम्निङ गएको हिमालय एअरलाइन्सको जहाज बिहानै काठमाण्डौ अवतरण गरेको छ ।


विमानस्थलका एक अधिकारीका अनुसार नेपाल एअरलाइन्सको जहाज बेइजिङबाट काठमाडौं आउँदैछ भने हिमालय एअरलाइन्सको चाटर्ड जहाज दिउँसो पौने २ बजे दोहा गएर राति सवा ७ बजे काठमाडौं आउने छ ।

यस्तै नेपालमा बिरामीको उद्धार गर्न दुबईबाट एअर एम्बुलेन्स दिउँसो पौने ४ बजे काठमाडौं आएर भारतको लखनउ जाँदैछ ।

यसैगरी कतार एअरवेजको चार्टड जहाज बेलुकी पौने ७ बजे आएर पौने ८ बजे उड्नेछ । यस्तै हिमालय एअरलाइन्सको जहाज आजै चीनको कुम्निङ जाँदैछ ।

शीर्ष समाचार

धेरै पढिएको