June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

चितवनमा ट्रकले ठक्कर दिँदा एक पैदलयात्रीको घटनास्थलमै मृत्यु

चितवन, नारायणगढ–मुग्लिन सडकखण्डमा ट्रकले ठक्कर दिँदा मंगलबार एक पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२९ जुगेडीका ५६ वर्षीय धनबहादुर गुरुङ रहेको छ ।

मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना४ख ४४६० नंको ट्रकले जुगेडीमा पैदलयात्रीलाई ठक्कर दिएको कार्यालयले जनाएको छ ।

ठक्करबाट गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र ट्रकचालक प्रहरी नियन्त्रणमा रहेका छन् । दुर्घटना सोमबार राति १०ः३० बजे भएको हो ।

शीर्ष समाचार

धेरै पढिएको