June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

तेस्रो त्रैमाससम्ममा नेपालमा १४ करोडको सुनका गरगहना आयात

काठमाडौं, चालू आर्थिक वर्ष (आव) को तेस्रो त्रैमाससम्ममा नेपालमा १४ करोड बराबरको सुनका गरगहना आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आवको ९ महिनाको तथ्यांकले यस्तो देखाएको हो । परिमाणका आधारमा साढे ३२ केजी बराबरको सुनको गरगहना आयात भएको छ ।

चैत महिनामा मात्र रू. ७ करोड २८ लाख ३९ हजारको सुनका गरगहना आयात भएको छ । गत फागुन मसान्तसम्ममा नेपालमा रू. ६ करोड ७३ लाख ६७ हजार बराबरको सुनका गरगहना आयात भएको थियो । चैत मसान्तसम्म आउँदा त्यो बढेर १४ करोड २ लाख ६ हजार रुपैयाँ पुगको हो ।

चालू आवको ८ महिनाको अवधिमा जति सुनका गरगहना आयात भएको थियो, त्यो भन्दा बढी चैत १ महिनामै आयात भएको छ । ८ महीना (साउनदेखि फागुनसम्म) मा ६ करोड ७३ लाखको सुनका गरगहना आयात भएको थियो भने चैत १ महिनामै ७ करोड २८ लाख रुपैयाँ बराबरको सुनका गरगहना आयात भएको छ ।

कोरोना संकटका कारण सुनका गरगहना बनाउने कालीगढको अभाव भएपछि गरगहनाको आयात बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले कालीगढहरूको अभाव भएको र सुनको माग बढेकाले गरगहनाको आयात बढेको बताए ।

‘नेपाली सुनचाँदी बजारमा करीब ७५ प्रतिशत भारतीय कालीगढ छन् । तर, कोरोनाका कारण उनीहरू पर्याप्त मात्रामा यहाँ आउन सकेका छैनन् । यहाँका कालीगढ पनि छरिएका छन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ । 

शीर्ष समाचार

धेरै पढिएको