June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

मन्त्रिपरिषद् बैठकलगत्तै राष्ट्रपति भेट्न शीतलनिवास पुगे ओली

काठमाडौं, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् । बालुवाटारको मन्त्रिपरिषद् बैठक सकेलगत्तै उनी शीतलनिवास पुगेका हुन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभाको विशेष अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय लिएर प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न पुगेका हुन् । प्रधानमन्त्रीले आज विश्वासको मत लिने प्रयोजनका लागि सोमबार प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाइएको थियो ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिन असफल भएका थिए । प्रधानमन्त्रीको विश्वास मतको पक्षमा ९३ र विपक्षमा १२४ मत परेको थियो भने तटस्थमा १५ मत परेको थियो । उक्त मतदानमा जम्मा २३२ जना सांसद उपस्थित थिए ।

शीर्ष समाचार

धेरै पढिएको