June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

थप ९ हजार १२७ जनामा कोरोना पुष्टि, उपत्यकामा मात्रै थपिए साढे ३ हजार संक्रमित

काठमाडौं, सोमबार पछिल्लो २४ घण्टामा १७ हजार ६२३ पीसीआर परीक्षणमा नेपालमा ९ हजार १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३ हजार ७९४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा ४ हजार ७ जना निको भएका छन् भने १३९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ८५९ र निको हुनेको संख्या ३ लाख ६ हजार ७९४ पुगेको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या ९३ हजार १४१ रहेको छ ।

यस्तै, काठमाडौं उपत्यकामा ३ हजार ६०७ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा २ हजार ७७५ जना, भक्तपुरमा ३२७ र ललितपुरमा ५०५ जना थपिएका हुन् ।

शीर्ष समाचार

धेरै पढिएको