March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

मकवानपुरमा थप १११ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुर, मकवानपुरमा सोमबार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईंका अनुसार १८६ जनाको स्वाब संकलन गरी एन्टिजेन र पिसीआर प्रविधिबाट परिक्षण गर्दा ५४ जना महिला र ५७ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा बाहिरी जिल्लाका २ जनासहित मकवानपुरका १ सय ९ जनामा रहेको छ ।  मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा सबैभन्दा बढी १ सय जनामा संक्रमण देखिएको छ भने मकवानपुरगढी गाउँपालिकाका ४ जना, मनहरी गाउँपालिकाका ५ जनामा संक्रमण देखिएको छ ।

यसैगरी हेटौँडा उपमहानगरपालिका वडा नम्बर–५ का २९ जना, हेटौंडा–४ का १९ जना, हेटौंडा–६ का १० जना, हेटौंडा–१ का ६, हेटौंडा–२ का ८ जना, हेटौंडा–७ का १ जना, हेटौंडा–८ का ५ जना, हेटौंडा–९ का ९ जना, हेटौंडा–१० का ७ जना, हेटौंडा–११ र १२ का २÷२ जना, हेटौंडा–१९ का १ जनामा संक्रमण पुष्टि भएको छ भने हेटौंडा घर भएका अर्का एक जना संक्रमितको भने वडा खुल्न सकेको छैन् ।
 

शीर्ष समाचार

धेरै पढिएको