June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

अक्सिजन सिलिण्डर लिन नेपाल एयरलाइन्सको वाइड बडी आज बेइजिङ जाँदै

काठमाडौं, छिमेकी राष्ट्र चिनले दिएको अक्सिजन सिलिन्डर र भेन्टिलेटर ल्याउन नेपाल एयरलाइन्सको वाइड बडी ३३० जहाज आज बेइजिङ जाँदैछ ।

नेपाल एयरलाइन्सका महाप्रवन्धक डिमप्रकाश पौडेलका अनुसार जहाज आज राती साढे ११ बजे नेपालबाट बेइजिङ प्रस्थान गर्ने र मंगलबार दिउँसो साढे २ बजे स्वदेश आइपुग्ने छ । एयरलाइन्सले स्वास्थ्य मन्त्रालयको समन्वयमा बेइजिङबाट ४०० सय वटा अक्सिजन सिलिन्डर नेपाल ल्याउने उनले बताए ।

यस्तै नेपाल एयरलाइन्सको ‘चाटर्ड रेट’ प्रतिघण्टा १५ हजार ५ सय २० डलर हो भने यो अन्य व्याक्ति तथा संघसंस्थाका तोकिएको भाडादर हो ।

चीनको बेइजिङ जान आउनका लागि ११ घण्टा ३५ मिनेट लाग्नेछ । यसले निगमले राखेको भाडा दर अनुसार अक्सिजन सिलिन्डर ल्याउनका लागि १ लाख ७६ हजार १ सय ५२ रुपैयाँ लाग्ने छ ।

शीर्ष समाचार

धेरै पढिएको