June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मी सिफारिस

काठमाडौं, लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मी सिफारिस भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको परिषद् बैठकले रेग्मीलाई सिफारिस गरेको हो । 

बैठकले लोकसेवालगायत रिक्त रहेका संवैधानिक आयोगका पदमा पनि नियुक्तिको सिफारिस गरेको हो ।

सिफारिस गरिएका संवैधानिक आयोगका पदाधिकारीको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने व्यवस्था रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको