June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

एनआरएनएले एक सय वटा अक्सिजन कन्सनट्रेटर नेपाल पठाउने

काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल करिब २ करोड रुपैयाँ बराबरको स्वास्थ्यसम्बन्धी सामग्री नेपाल पठाउने निर्णय गरेको छ ।

शुक्रबार गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षता बसेको आकस्मिक बैठकले नेपालमा दिनहुँ बढ्दै गैरहेको कोरोना भाइरसविरुद्ध लड्दै गरेका बिरामीहरुका लागि १ सय वटा अक्सिजन कन्सनट्रेटरहरु पठाउने निर्णय गरेको हो ।


बैठकमा गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्‍जीव सापकोटाले नेपालमा कोभिड-१९ विरुद्ध लड्नको लागि तत्काल अक्सिजन सिलिन्डर लगायतको समस्या रहेको बताउँदै अल्पकालीन तथा दीर्घकालीन योजनासहित अघि बढ्नु पर्ने सुझाव दिए ।

शीर्ष समाचार

धेरै पढिएको