June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

बाँकेमा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु

बाँके, बाँकेमा कोरोना संक्रमणबाट शनिबार रातभरिमा पाँच जनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–१५ का ७३ वर्षीय पुरुष र नेपालगन्ज उपमहानगरपालिका–२ की ५३ वर्षीया महिलाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

अस्पतालका अनुसार कैलालीको लम्कीचुहाका ४३ वर्षीय पुरुष, दाङको तुलसीपुर उपमहानगरपालिका–६ का ४१ वर्षीय पुरुष र नेपालगन्ज–११ का ४३ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेज नेपालगन्जमा मृत्यु भएको हो ।

बाँकेका कोरोना फोकल पर्सन तेज वलीका आनुसार योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ८० पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको