June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

चितवनमा कोरोना संक्रमणबाट एकैदिन १४ जनाको मृत्यु

file photo

चितवन, चितवनमा शनिबार कोरोनाबाट १४ जनाको मृत्यु भएको छ । चितवनमा उक्त संख्या हालसम्मकै उच्च हो । यसअघि बुधबार १० जनाको मृत्यु भएको थियो ।

चितवन स्वास्थ्य कार्यालयलेको विवरण अनुसार चितवनका अस्पतालहरुमा १२ जनाको मृत्यु भएको हो भने एकजनाको घरमै र एकजनाको बाटोमा ज्यान गएको हो ।


मृत्यु भएकामध्ये आठजना चितवन जिल्लाका संक्रमितहरु हुन् भने भरतपुरको सरकारी अस्पतालमा उपचार गराइ रहेकामध्ये ६ जनाको मृत्यु भएको छ ।

तीमध्ये चारजना चितवनका हुन् । दुईजना नवलपुरका रहेको कार्यालयले जनाएको छ । भरतपुरको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा चितवन, नवलपरासी र दाङका एक/एकजना गरेर कूल तीनजना संक्रमितको ज्यान गएको छ ।

चितवन मेडिकल कलेज (सिएमसी)को शिक्षण अस्पतालमा अर्घाखाँची र चितवनका एक/एकजना संक्रमितको ज्यान गएको छ । भरतपुरमा रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पनि जनकपुरका एकजनाको ज्यान गएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

अस्पताल बाहेक पनि उपचारका लागि ल्याउँदै गर्दा राप्तीका एकजना संक्रमितको मृत्यु भएको छ । त्यसैगरी माडीमा एकजना संक्रमितको मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालयका अनुसार चितवनमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुने व्यक्तिको संख्या हालसम्म १३७ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको