June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

भारतसँगको सबै सीमा नाका बन्द

file photo

सर्लाही, छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण दिनहुुँ बढ्दै गएपछि सर्लाहीका सम्पूर्ण सीमा नाका बन्द गरी आवागमन ठप्प पारिएको छ ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङका अनुसार नेपाल सरकारको निर्देशनअनुसार सीमा नाका बन्द गरेर नेपाल–भारत आवतजावत रोकिएको हो । भारतको बिहार राज्यमा लकडाउन भएकाले सीमा क्षेत्रबाट हुने आवागमन रोक्न थप सहयोग पुगेको प्रजिअ तामाङले बताए ।

सरकारले प्रदेश नं २ महोत्तरीको भिठ्ठामोड, रौतहटको गौर र पर्साको वीरगञ्ज नाकाबाट मात्रै आवतजावत गर्न दिने निर्णय गरेको थियो । केही दिनदेखि मलङ्गवा नाकाबाट आवतजावत गर्न दिइएको थियो । अहिले त्यो नाका पूर्णरूपमा बन्द गरिएको छ ।

नेपालबाट भारत जान खोज्नेलाई नेपालतर्फ नै रोक्ने र भारतबाट नेपालतर्फ आउन खोज्नेलाई भारततर्फ नै रोक्ने गरी दुई देशका सुरक्षा अधिकारीबीच सहमति भएको सशस्त्र प्रहरी बल १० नम्बर हेडक्वाटर सर्लाहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गङ्गाराम श्रेष्ठले बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको