June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

प्रतिनिधिसभाका थप २६ सांसदलाई कोरोना संक्रमण


काठमाडौं, संघीय संसद् प्रतिनिधिसभाका २६ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । यहीँ वैशाख २७ गते बोलाएको प्रतिनिधिसभा अधिवेशन अघि संघीय संसद् सचिवालयले गराएको पीसीआर परीक्षण र सांसदहरूले व्यक्तिगत रूपमा गरेको परीक्षणबाट सो संख्यामा सांसद कोरोना संक्रमित पाइएको हो । 

संघीय संसद् सचिवालयले वैशाख २२, २३ र २४ गते दुई सय पाँच जना सांसदको पीसीआर परीक्षण गरेको थियो । जसमध्ये १९ जनामा कोरोना संक्रमण भएको रिपोर्ट आएको संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिएका छन् ।

१९ जना सांसदमध्ये एक जना राष्ट्रिय सभाका र बाँकी १८ जना प्रतिनिधिसभाका रहेको उनले बताए ।

संघीय संसद्सँग सम्बन्धित एक हजार दुई सय ३५ जनाको पीसीआर परीक्षण गरिएकोमा भने १ सय ६० जनालाई कोरोना भएको प्रवक्ता पाण्डेले जानकारी दिए ।

जसमा सांसद संघीय संसद् सचिवालयका कर्मचारी, मर्यादापालक, सांसदका स्वकीय सचिवहरू, सुरक्षाकर्मी, ससदीय बिटमा रिपोर्टिङ गर्ने पत्रकार र संसद् भवन नयाँ बानेश्वरका कर्मचारी रहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको