June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा फेरि “पसिना”

दोलखा, दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा फेरि पसिना आएको छ । मन्दिरको शिलामा आज (शनिबार) मध्याह्न १२ :१५ बजे लगातार पसिना आइरहेको हो ।

मध्याह्नकाे १२ बजेपछि गरिने छक्काल पूजा गर्न लाग्दै गर्दा शिलाको शिरको दाहिने भागबाट पसिना आएको र केहीबेरपछि शिलाको बीच भागबाट पसिना आएको मन्दिरका पुजारी कासीनारायण श्रेष्ठले बताएका छन् ।

शिलाको दाहिनेपट्टिको शिरमा पसिना आउदा प्रजा अर्थात् जनतालाई अनिष्ट हुने किंवदन्ती रहेको स्थानीय भरत नारायण प्रधानको भनाइ छ ।

उनका अनुसार केही बेरपछि पुनः बीचभागबाट पसिना आएकाले राज्य र नागरिक दुवैलाई उत्तिकै अनिष्टको संकेत हुन सक्ने अनुमान छ ।

शीर्ष समाचार

धेरै पढिएको