June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

कालिमाटी तरकारी बजारको कारोबारमा ५० प्रतिशत गिरावट

काठमाडौं, विश्वव्यापी महामारी कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेपछि कालिमाटी तरकारी बजारको कारोबारमा ५० प्रतिशतले गिरावट आएको छ ।

निषेधाज्ञा जारी हुनु पहिले दैनिक झण्डै ९ सय ५० मेट्रिक टन तरकारी भित्रिने गरेको कालिमाटी फलफूल तथा तरकारी बजारमा अहिले ४ देखि ५ सय मेट्रिक टन मात्रै तरकारी आउने गरेको छ ।

सामान्य अवस्थामा २ देखि ३ करोडको आर्थिक कारोबार हुने बजारमा अहिले तरकारी खरिद बिक्रिको कारोबार र मूल्यमा पनि गिरावटपछि आर्थिक कारोबारमा पनि ह्रास आएको हो ।

तरकारी कम आएको भएपनि मुल्य भने बढेको छैन । सामान्यतया तरकारी कम आउने वित्तिकै बिक्री मूल्य बढ्ने भएपनि यसपटक भने तरकारी किन्ने उपभोक्तामा पनि कमि आएकाले मूल्यमा पनि गिरावट आएको हो ।

तरकारी बजारमा तरकारीका थोक क्रेताको साथै खुद्रा उपभोक्ताहरुको पनि संख्यामा ५० प्रतिशतले कमि आएको छ ।nk

शीर्ष समाचार

धेरै पढिएको