June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

अक्सिजन र भेन्टिलेटर लिन नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाँदै

काठमाडौं, अत्यावश्यक स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको वाइड बडी ए ३३० जहाज यहीँ वैशाख २७ गते चीनको राजधानी बेइजिङ जाने भएको छ ।

निगमका अनुसार चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन वाइड बडी जहाजले बेइजिङ उडान भर्ने तयारी गरेको हो ।

वाइड बडी जहाजले चीनबाट ४०० थान अक्सिजन सिलिण्डर र २० थान भेन्टिलेटर नेपाल ल्याउनेछ । उक्त प्रयोजनका निम्ति निगमको वाइड बडी जहाज सोमबार बिहान ११ः३० बजे बेइजिङ प्रस्थान गर्ने र भोलिपल्ट अपराह्न २:३५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहबमोजिम चीनबाट अक्सिजन सिलिण्डरसहितका स्वास्थ्य सामग्री लिन निगमले वाइड बडी जहाज पठाउने तयारी गरेको निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको