April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

तपाइँको आजको राशिफल: वैशाख २५ गते, शनिबार

काठमाडौं, आज २०७८ वैशाख २५ गते शनिबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । थाहा पाउनुहोस तपाइँको आजको राशिफल ।

तपाईको आजको राशिफल

मेष: नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । आज तपाईका लागि रमाइलो दिन छ ।

बृष: अभिभावकको आशीर्वाद मनन गर्नुहोला । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ ।

मिथुन: जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, तपाईका साथी र आफन्तलाई ठेस पुग्न सक्छ ।

कर्कट: वैदेशिक यात्राको अवसर मिल्नेछ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला । केटा तथा केटी साथीबाटा टाढा रहनुहोला । मनमा चिन्ता । धार्मिक यात्राबाट आनन्दी ।

सिंह: बोली विपरितको अर्थ लाग्ने भएकाले विचार पुर्‍याउनुहोला । नयाँ साथीसँगको संवादले मन प्रफुल्लित बनाउनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । न्यायीक क्षेत्रमा सफलता मिल्ला ।

कन्या: मनलाई दरिलो बनाई गरिएको निर्णय आफ्नै हितमा हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला ।

तुला: धन खर्चको योग छ । स्वास्थ्य समस्या बल्झिएला । माया प्रेममा सुमधुरता । राम्रो सहयात्रीको मिलन हुने सम्भावना छ । बाहिर खानु अघि विचार गर्नुहोला ।

बृश्चिक: अनावश्यक खर्च बढ्न सक्छ । धार्मिक यात्राको योग । मनमा शान्ति मिल्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ । खानपिनमा ध्यान दिनुहोला

धनु: रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । बोलीको प्रभाव पनि बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

मकर: जग्गा खरिद विक्रीका लागि तपाईको आजको दिन शुभ हुनेछ । नाक तथा घाँटीमा समस्या आउला । मनमा प्रशन्नता । पारिवारिक कलह ।

कुम्भ: लामो समयका अधुरा कामहरू पूरा हुनेछन् । शुभकार्यको चर्चा चल्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । सामाजिक कार्यमा मन जानेछ ।

मीन: आँटेको र ताकेको कार्य पूरा होला । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

शीर्ष समाचार

धेरै पढिएको