April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

कोरोना संक्रमितको उपचारका लागि सरकारले “डोर टु डोर टिम” बनाउदै

file photo

काठमाडौं, सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोभिड–१९ संक्रमितको उपचारका लागि सरकारले “डोर टु डोर टिम” निर्माणको तयारी गरिरहेको बताएका छन् । शुक्रबार छैठौं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री गुरुङले विश्वव्यपाी रुपमा फैलिएको दोस्रो लहरको कोरोना महामारीले देशमा अप्ठ्यारो परिस्थिति सिर्जना गरिरहेको अवस्थामा परिवारका सबै सदस्यहरु पनि कन्ट्रयाक्ट् ट्रेसिङमा परिरहेका बेला बेसहारा बनेका संक्रमितहरुको उपचारका लागि यसखाले टिमको निर्माण हुन लागेको बताए ।

यस्तै उनले वीर अस्पतालमा पाँच सय शैयाको उपचार गर्न मिल्ने संरचना निर्माण भइरहेको पनि बताए । कोरोना संकटको अवस्थामा जनमानसमा त्रास नफैलाउने र सकारात्मक र सहयोग पुग्ने खालको समाचार सम्प्रेषण गरेर संकट समाधानका लागि भूमिका खेल्नका लागि पत्रकारहरुको विशेष टिम समेत निर्माण हुने बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको